क्याबिनेटले फर्कायो आफ्नो काम
लोकमानमाथि महाभियोग लागेर उनी कुनामा थन्किएसँगै मन्त्रीहरूको हातखुट्टा बाँध्ने गरी सबै निर्णय क्याबिनेटलाई गर्न लगाउने उनले थोपरेका प्रावधानहरूमा पुनर्विचार हुन थालेको छ । यसको एउटा उदाहरण हो, मन्त्रिपरिषद्मा निहित केही अधिकार विभागीय मन्त्रीको तजबिजमा रहने गरी सूचना तथा सञ्चार मन्त्रालयमै फर्काउने निर्णय ।
मन्त्रिपरिषद्मा प्रस्ताव लगेर नियुक्तिसम्बन्धी निर्णय गराउँदा सत्ता साझेदार सबै दल र मन्त्रीको चित्त बुझाउनुपर्ने । भएजतिलाई भाग पु¥याउनु पर्ने । कुरा नमिल्दासम्म नियुक्ति अड्…