समाचार

दोलखामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

दोलखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट दोलखा सदरमुकाम चरिकोट जाँदै गरेको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ साखिने नजिकै दुर्घटनामा परेको बताइएको छ । प्रहरीका अनुसार प्रदेश–२ ४४ प ६८८३ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका–५ सुरीका रामकुमार खड्काको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा दोलखा सामुदायिक अस्पतालमा ज्यान गएको बताइएको छ ।

Page 316 of 1042