समाचार

चीनमा एअर ट्याक्सीको सफल परीक्षण

चीनले एअर ट्याक्सीको सफल उडान परीक्षण गरेको छ । सांघाईमा एम १ नामको पाँच सिटे एअर ट्याक्सीको परीक्षण सफल भएको हो । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार एअर ट्याक्सी होचो आकाशमा २५० किलोमिटर प्रतिघण्टाको दरले उड्न सक्छ । २० वटा पंखा भएको उक्त एअर ट्याक्सीको तौल २ टन रहेको बताइन्छ । सांघाईमा रहेको विद्युतीय कम्पनी भरट्याक्सीले पहिलो उडान गरेको हो । भिडियो स्रोत : सिन्ह्वा ।

Page 314 of 1043