रिगलको कैद मिनाहाबारे सर्वोच्चले भोलि निर्णय सुनाउने

रिगलको कैद मिनाहाबारे सर्वोच्चले भोलि निर्णय सुनाउने

जघन्य अपराधका दोषीलाई गरिएको कैद मिनाहा खारेज गर्न माग गर्दै भारती शेर्पाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले भोलि आदेश सुनाउने भएको छ । 

मुद्दाको सुनुवाई सकिएसँगै भोली निर्णय सुनाउने तयारी भएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडालको इजलाशमा हिजो र आज सुनुवाई भएको थियो । 

श्रीमान् चेतन मानन्धरको हत्यारा योगराज ढकाल ‘रिगल’ को कैद सजाय मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध शेर्पाले सर्वोच्चमा रिट हालेकी थिइन् । रिगललाई पुन: थुनामा पठाउन माग गर्दै भारती माइतीघर मण्डलामा अनशन बसेकी छिन् । 

रिगलले २०७२ असार २८ गते नेपालगञ्जका चेतनलाई खुँडा प्रहार गरी हत्या गरेको ठहर गर्दै तीनै तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
 

टिप्पणीहरू