सुनका असर्फी र चाँदीका सिक्का बिक्रीका लागि राष्ट्र बैंकको सूचना

सुनका असर्फी र चाँदीका सिक्का बिक्रीका लागि राष्ट्र बैंकको सूचना

नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । 

आज सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले यही कात्तिक १९ गतेदेखि कात्तिक २४ गतेसम्म असर्फी र चाँदीका सिक्का बेच्ने जानकारी दिएको हो । 

बैंकका अनुसार प्रतिव्यक्ति बढीमा १० ग्राम, ५ ग्राम र २.५ ग्राम तौलका असर्फी बिक्री गरिनेछ । त्यस्तै, चाँदीका सिक्का (मेडालियन) २५ ग्राम र १० ग्रामका छन् । 

२५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश र गजलक्ष्मी अंकित रहेको बताइएको छ । 

असर्फी र सिक्का खरिद गर्दा नगद वा क्युआरमार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । असर्फी र सिक्का कात्तिक १९ गतेदेखि २४ गतेसम्म बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म बिक्री गरिनेछ ।

टिप्पणीहरू