विमान खरिदको ऋणमध्ये पौने सात अर्ब चुक्ता : वायुसेवा निगम
नेपाल वायुसेवा निगमले ठूला जहाज खरिदका निम्ति लिइएको ऋणको पछिल्लो किस्ता रकम भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट न्यारोबडी र वाइडबडी विमान खरिद गर्दाको बखत लिएको ऋणको किस्ता रकम तिरेको जनाएको छ ।
दुई न्यारोबडी जहाजका लागि पुस महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरेर ५३ करोड ९ हजार लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको छ ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् चालु आर्थिक वर्षको पुससम्मको अवधिमा छ अर्ब ८५ करोड ९५ लाख ५२ हजार ८१४ रुपैयाँ भुक्तानी भइसकेको जनाइएको छ ।
निगमका अनुसार सन् २०२० र २०२१ मा विश्वव्यापी कोरोना महामारीका कारण उडानमा प्रतिकूल असर परेकाले उक्त अवधिको ब्याज, हर्जाना, पेनल छुटका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल भइरहेको छ ।
टिप्पणीहरू