सहायक विदेशमन्त्री बिहानैदेखि अमेरिकी राजदूतावासमा
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका छन् । हिजो दिउँसो कोलम्बोबाट काठमाडौं आइपुगेका उनी बिहान ८ बजे बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट दूतावास पुगेका हुन् ।
मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री चिफ अफ स्टाफ भिर्सा पर्किन्ससँगै एक सातादेखि दक्षिण एसियाको भ्रमणमा छन् । श्रीलंकाअघि उनी भारत पुगेका थिए ।
हिजो काठमाडौं आएपछि उनले नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहाद…