मास्क नलगाउनेलाई विवाह पञ्चमीमा रोक
जिल्ला प्रशासन कार्यालय, धनुषाले मास्क नलगाएका भक्तजनलाई रामसीताको विवाह पञ्चमीमा सहभागी हुनबाट प्रतिबन्ध लगाएको छ । कोरोनाको नयाँ भेरिएन्टको जोखिम बढ्दै गएकाले मास्क अनिवार्य गरिएको हो ।
महोत्सवमा वाह्य र आन्तरिक पर्यटक आउने र संक्रमणको जोखिम बढ्ने खतरा रहेकाले मास्क अनिवार्य गरिएको बताइएको छ । हाल नेपालमा समेत कोरोनाको नयाँ भेरिएन्ट देखिएकाले महोत्सवमा भाग लिने सबैलाई सचेत रहन आग्रह गरिएको छ ।
महोत्सवमा आउने भक्तजनलाई जनकपुरमा करिब चार लाख मास्क वितरण गर्ने योजना अघि सा…