गाँजा बोक्न हेटौंडा पुगेका भारतीय नागरिक समातिए
मकवानपुरमा साढे ५० केजी गाँजासहित भारतीय नागरिक समातिएका छन् । हेटौंडा उपमहानगरपालिका १० राप्तीरोडबाट ५० केजी चार सय ग्राम गाँजासहित उनलाई प्रहरीले गएराति नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत सीतामणि थानाबेला १० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरी हुन् । बस्तिपुरबाट हेटौंडातर्फ जाँदै गरेको ना.२ ह १५०८ नम्बरको अटोमा सवार उनको साथबाट उक्त लागूऔषध बरामद गरिएको हो ।
प्रहरीका अनुसार सो गाँजा उनले अटोको पछाडि बोरामा लुकाएर ल्याएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो ।
टिप्पणीहरू