नेकपामा लफडा नयाँ

नेकपामा लफडा नयाँ

अन्ततः नेकपा सचिवालय बैठकमा उपाध्यक्ष वामदेव फेरि एक सय असी डिग्री परिवर्तन हुनुभएको छ ।

भोलि बिहान ११:३० बजेका लागि धुम्बाराहीमा बस्नेगरी तय भएको स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न आज बसेको सचिवालय बैठक अरु-अरु विषयतिर मोडिदै गएपछि उपाध्यक्ष गौतमले ‘एक व्यक्ति,एक पद’ को कुरा उठाउनु भएको थियो ।

यो भनेको अहिलेको अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुने कुराको विरोध थियो ।

वामदेवले पूर्वसहमति कार्यान्वयन नगरी नयाँ-नयाँ विषयतिर लाग्नुको कुनै अर्थ नहुने भन्दै आपत्ति जनाउनु भएको बताइन्छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने विज्ञप्ति जारी गरेर स्थायी कमिटी बैठक स्थगनको पक्षमा रहनुभयो । कोरोनाबाहेकका कुरामा अहिले जानु बेकार हुने उहाँको मान्यता थियो ।

एजेण्डा तय गर्नेमै समस्या भएपछि प्रधानमन्त्री अस्वस्थ्यताका नाममा बैठकबाट उठ्नुभयो ।

मध्यस्थताका लागि काठमाडौंमै रहनुभएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बैठकलगत्तै प्रधानमन्त्रीको शयन कक्षमा छिर्नुभएको थियो ।
प्रधानमन्त्रीले बैठक छाडेर हिंडेपछि कमिटीले गरेको निर्णय दुई अध्यक्षबाट काटिन पुगेको छ,स्थायी समितिको बैठक अनिश्चित कालसम्मका लागि रोकिएको छ ।

टिप्पणीहरू