विदेशतिर सम्पत्ति ओसार्नेमाथि केही गर्दैन प्रधानमन्त्रीको टोलीले ?

विदेशतिर सम्पत्ति ओसार्नेमाथि केही गर्दैन प्रधानमन्त्रीको टोलीले ?

मुलुकमै केही गर्छु भन्नेले ऋण नपाउने,विदेशमा लगानी गर्नेहरुलाई भने बैंकले आँखा चिम्लेर ऋण दिने । बैंकले ऋण नपत्याउँदा नेपालीहरु मीटरब्याजको चंगुलमा फसिरहेका छन् भने मारवाडीहरुले धमाधम बैंकबाट सस्तो ब्याजमा ऋण लिएर विदेशमा लगानी गरिरहेका छन् । 

नेपालको समग्र पुँजी केही बिदेशी ब्यापारीको कब्जामा छ । उनीहरुले नेपाली बैंकबाट ऋण लिएर विदेश लगिरहेका छन् । विशेषतः भारत, सिंगापुर र दुबईमा व्यवसायीहरुले यसरी लगानी गर्दछन् । तर, सीधै प्रधानमन्त्री कार्यालय मातहतको सरोकारवाला निकाय भने यस विषयमा बेखबर झैं छ । नेपाली काँग्रेसका सांसद एवं विवादास्पद व्यापारी विनोद चौधरीले समेत अवैध ढंगबाट विदेशमा लगानी गरेका छन् भने एमाले,काङ्ग्रेस,माओवादी तीनै वटा ठूला पार्टीका अध्यक्ष निकट बिचौलिया दिपक भट्टलाई झन कसले छुने ? दशैँमा कार्यकर्ता बाँड्न नगद र बिदेश उड्न डलरको जोहो गरिदिने उनीमाथि सम्पत्ति शुध्दिकरणले कुनै घुन पुत्लो लाउन सकेन । 

मुलुकको आर्थिक अवस्था जर्जर बनाएर विदेशमा लगानी गर्ने व्यवसायीको सूची लामो छ । नेपालमा व्यवसायी गर्ने नाममा नेपाललाई नै लुटिएको अवस्था छ । यसैवीच गैरकानुनी रुपमा विदेशमा लगानी गर्ने एक व्यवसायीमाथि सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाएजस्तो गरेको छ । 

वीरगञ्जका दाल उद्योगी मुक्तिकुमार अग्रवालले नेपाली बैंकबाट ऋण लिएर भारतसहित अन्य मुलुकमा लगानी गरेको पहिल्यैदेखि हो । उनीमाथि छानबिनको माग गर्दै विभागमा केही समयअगाडि उजुरी परेको थियो । सो उजुरीको विभागले फाइलसम्म पल्टाएको स्रोत बताउँछ । 

उता आफूविरुद्धको उजुरी रफादफा गर्न उनको दौडधुप सङ्गसङ्गै चलेको स्रोतको भनाइ छ । महावीर ओभरसिजका प्रोप्राईटर उनले नेपालमा दाल फ्याक्ट्री सञ्चालन गरेको देखाएर विभिन्न बैंकबाट सस्तो ब्याजमा ऋण लिँदै आएका छन् । त्यो पैसा भारत हुँदै म्यानमारको याङ्गुनसम्म पुग्ने गरेको छ । 

उनको बर्मामा पनि दाल फ्याक्ट्री छ । भारतमा भने कागज फ्याक्ट्री सञ्चालन गरेका छन् र थोरै धितो राखेर करोडौं ऋण निकालेका छन् । उनी भागेमा लाखौं बचतकर्ताको रकम डुब्ने जिकिर छ ।

स्रोतका अनुसार उनको बर्मामा पनि दाल फ्याक्ट्री छ । भारतमा भने कागज फ्याक्ट्री सञ्चालन गरेका छन् र थोरै धितो राखेर  करोडौं ऋण निकालेका छन् । उनी भागेमा लाखौं बचतकर्ताको रकम डुब्ने स्रोतको जिकिर छ । 

यसअघि एक अग्रवाल थरकै मदिरा व्यवसायी बैंकको ८० करोड रुपैयाँ घप्ला गरेर फरार भएका थिए । 

‘उनको पछाडि सम्पत्ति शुद्दिकरण लागेकोजस्तो लाग्छ । वीरगञ्जमा दाल फ्याक्ट्री छ । त्यही फ्याक्ट्री धितो राखेर ऋण लिँदै विदेशमा लगानी गर्ने गरेका छन् । जबकि नेपालको कानुनले विदेशमा लगानी गर्न इजाजत दिँदैन । भारतदेखि बर्मासम्म उनको लगानी छ । यहाँबाट पैसा डाइभर्ट गरेर भारत लैजाने,त्यसपछि बर्मा । माडेहरुले देश सकाउने भइसके’,स्रोतले भन्यो । 

भाइ अभिषेक अग्रवालले दाइको अवैध धन्दामा सहयोग गर्दै आएका छन् । अभिषेकको दुईटा नागरिकता र राहदानी भएको स्रोतको दाबी छ । उनले नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय,पर्साबाट लिएका हुन् । कहिले भारतीय त कहिले नेपाली राहदानी प्रयोग गरेर विदेश भ्रमण गर्ने गरेका छन् । 

सम्पत्ति शुद्दिकरण पछाडि लागेपछि मुक्तिकुमार पैसाको सुटकेस बोकेर विभिन्न निकाय धाइरहेको स्रोतको ठोकुवा छ । तीन करोड रुपैयाँ दिएर उनी आफूविरुद्धको उजुरी सामसुम बनाउने कसरतमा रहेको बताइन्छ । 

स्रोत भन्छ,‘आफूविरुद्धको उजुरीमाथि अनुसन्धान रोक्न उनी तीन करोड रुपैयाँ लिएर दौडेको दौडेकै छन् । उच्च पदस्थहरुलाई पैसा खुवाएर आफ्नो उजुरी दबाउन लागिपरेका छन् ।’

अग्रवाल यसअघि दालको कालोबजारीमा समेत पक्राउ परेका थिए । कोरोना महामारीको बेला जारी लकडाउनको मौका छोपी दालको कालोबजारी गरेको आरोपमा उनीसहित आधा दर्जनलाई पक्राउ गरिएको थियो । उनी २१ लाख ६५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । त्यस्तै, उनले पाँच वर्षदेखि कम्पनीको पैसा आफ्नो खातामा हालिरहेका छन् । जुन गैरकानुनी हो । 

उजुरी परेकोबारे जानकारी छैन: महानिर्देशक 

विभागका महानिर्देशक सुमन दाहालले उजुरीबारे आफूलाई जानकारी नभएको बताए । भने,‘विभागमा हजारौं उजुरी परिरहेको हुन्छ । क–कसको विरुद्ध उजुरी पर्यो,मलाई थाहा हुँदैन । तैपनि अनुसन्धानको विषयमा केही बोल्न मिल्दैन ।’ यसविषयमा बुझ्न मुक्तिकुमारलाई पटकपटक 9802522839 मा सम्पर्क गर्दा फोन उठेन ।

टिप्पणीहरू