धुम्बाराही हेडक्वार्टरमै जुटे नेकपा नेताहरु

धुम्बाराही हेडक्वार्टरमै जुटे नेकपा नेताहरु 

बुधबारको सचिवालय बैठकले एजेण्डा तय गरेअनुसार आजदेखि बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक त नबस्ने भयो । तर, दुबै पूर्वपार्टीका स्थायी कमिटी सदस्यहरू भने अहिले नेकपा मुख्यालयमा जुट्न थालेका छन् ।

‘अब वारपारमै जानुपर्ने संकेत हिजोको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्रीको व्यवहारले गरेको छ’ आजको भेलाका सक्रिय योजनाकारमध्ये  हरिबोल गजुरेलले भन्नुभयो, ‘उताका चालबाजी र अबका विकल्प तथा रणनीतिबारे छलफल गर्छौं ।’

बुधबार बोलाइएको सचिवालय बैठकपूर्व बानेश्वरमा भेला भएका पूर्वमाओवादी केन्द्रका २० नेतासहित पूर्वएमालेका नेताहरू पनि आजको छलफलमा पुग्दैछन् ।

देवेन्द्र पौडेल (सुनिल) लगायत र पूर्वएमालेका भीम रावलसहितका नेता उपस्थित छन् ।

पार्टीका संस्थागत संरचनालाई निकम्मा बनाउँदै आफूखुशी सरकार सञ्चालन गर्ने, सरकारको कार्यशैलीबारे जनतामा प्रश्न उठेर पार्टी नै बदनाम हुने तहका कार्यशैली सह्य नभएको बानेश्वरमा भेला भएका नेताले कुरा उठाइरहेका छन् ।

यसअघि उठेको सचिवालय खारेजीको मागबारे पनि त्यहाँ छलफल हुने नेता गजुरेलले बताउनुभयो ।

भोलि सँसद शुरु हुनु अघिल्लो दिन सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रमअगावै राष्ट्रिय राजनीतिलाई तरंगीत पार्ने गरी नेकपा नेताहरु आज यसरी जुटेका हुन् । 

भेलामा सहभागी सबै नेता प्रचण्ड-माधव खेमाका हुन् । तर, स्वयं ती शीर्ष नेता भने त्यसमा सहभागी छैनन् ।

टिप्पणीहरू