बीस भाइको भेलामा को गए, को गएनन् ?

बीस भाइको भेलामा को गए, को गएनन् ?

दुई बर्षपछि दुई कम्युनिस्ट पार्टी मिलनको दिन आउन मात्र नौ दिन बाँकी छ,तर तीन महिनामा सकिनुपर्ने साङ्गठानिक एकताको काम जस्ताको तस्तै,न बिभागको पूर्णता न त नेताहरूको कार्यबिभाजन,बरु माथि नेतृत्ववीच असन्तुष्टि चुलिदो अवस्था ! यस्तोमा तत्काल स्थायी कमिटी बैठकको विकल्प नभएको निष्कर्षसहित नेकपा मुख्यालय धुम्बाराहीमा सम्पन्न असन्तुष्ट स्थायी कमिटी सदस्यको दबाबमूलक भेला आज बुध्द जयन्तीको साँझ दीप प्रज्वलनको संघारमा सम्पन्न भएको छ ।

साथै, स्थायी कमिटी बैठक राख्न पार्टीका दुबै अध्यक्षलाई दबाब दिइने भएको छ ।

स्थायी कमिटी बैठक बोलाएर कोरोना संक्रमण,पार्टी एकताबद्ध बनाउने, सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे संस्थागत छलफल हुनुपर्ने उक्त छलफलले ठहर गरेको सहभागी एक नेताले बताए ।

धुम्बाराही छलफलमा मणि थापा र टोपबहादुर रायमाझी उपस्थित भएनन् । तर, छलफलका निचोडसँग सहमति रहेको ती नेताले जनआस्थालाई बताए ।

अहिलेको विवादमा गृहमन्त्री रामबहादुर थापा (बादल) प्रधानमन्त्रीको पक्षमा रहे पनि उहाँकै समूहका पम्फा भुषाल र देव गुरुङ आजको छलफलमा सहभागी थिए । 

पार्टी र सरकार दुबै कमिटी प्रणालीमा नचलेको, सरकारको अलोकप्रियताले पार्टीको छवि बिग्रेकोजस्ता कुरामा धुम्बाराहीमा सहभागी नेता एकमत थिए ।

टिप्पणीहरू