कंग्रेसका शीर्ष नेता अनुसन्धानमा,कार्यकर्ता प्रदर्शनमा

कंग्रेसका शीर्ष नेता अनुसन्धानमा,कार्यकर्ता प्रदर्शनमा

प्रधानमन्त्री नरेन्द्र मोदीले बदलाको राजनीति गरेको भन्दै भारतीय कंग्रेसले देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । पार्टीका नेतालाई आधारहीन आरोप लगाएर फसाउन खोजेको भन्दै कंग्रेस कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।

नेशनल हेराल्ड काण्डमा पार्टी नेतृ सोनिया गान्धी र सम्पत्ति शुध्दिकरण मुद्दामा राहुल गान्धी अनुसन्धानमा तानिएको विषयले त्यहाँ राजनीतिक रंग लिएको हो । प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्तामाथि प्रहरीले व्यापक दमन गर्नुका साथै कयौंलाई पक्राउ गरेको छ । त्यसको विरोधमा कंग्रेस कार्यकर्ताले आज राजधानी नयाँ दिल्लीलगायतका शहरमा विरोध प्रदर्शन बढाएका छन् ।

सम्पत्ति शुध्दिकरण मुद्दामा राहुल गान्धी आज प्रवर्तन निर्देशनालयमा उपस्थित हुँदैछन् । त्यसैले आज निर्देशनालय वरपर प्रहरीले निषेधाज्ञा जारी गरेको छ । कंग्रेस नेताहरूले निषेधाज्ञाबारे पुनर्विचारनिम्ति आग्रह गरेका थिए । पार्टीले राजधानी दिल्लीलगायतका धेरै शहरहरूमा योजनाबद्ध रूपमा विरोध प्रदर्शनलाई अगाडि बढाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।

टिप्पणीहरू