खाने मुखलाई जुँगाले छेक्दैन

खाने मुखलाई जुँगाले छेक्दैन

युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन नाघिसकेको छ । यसबीचमा अमेरिका र केही युरोपेली देशहरूले लगाएको प्रतिबन्धले रुसी अर्थतन्त्रमा धेरै नोक्सान पुर्याएको छ ।

अमेरिका र उसका सहयोगी राष्ट्रहरुको योजनामा सहयोग पुर्याउने भन्दै विश्वका धेरै देशले रुसबाट तेल र प्राकृतिक ग्यासको आयात रोकेका छन् ।

तर, फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयर (सीआरईए) ले गरेको अनुसन्धानअनुसार रुस–युक्रेन युद्ध सुरु भएदेखि रुसले ९८ अर्ब डलर आम्दानी गरेको छ । यो रकम विश्वमा तेल निर्यात गर्ने राष्ट्रहरुमध्ये सबैभन्दा धेरै हो ।

इन्धन निर्यात राष्ट्रहरुको सूचीमा रुस अझै पनि शीर्ष स्थानमा रहेको छ । अर्कोतर्फ युरोपेली युनियनमा आवद्ध मुलुकहरु रुसी तेल र प्राकृतिक ग्यासको शीर्ष आयातकर्ता बनेका छन् ।

टिप्पणीहरू