१४ भाइ गैदिएनन् भने…

१४ भाइ गैदिएनन् भने…

नीति तथा कार्यक्रम प्रस्तुत हुने सन्दर्भमा पार्टीका सबै सांसदलाई एकमत हुन आग्रह गर्दै बालुवाटारमा बनेको एउटा चिठी सबै का नाममा पठाइएको छ ।

पार्टीभित्रको बिग्रहले आकार ग्रहण नगर्दै संसदको बजेट अधिवेशन शुक्रबारबाट शुरु भएको छ । र, पहिलो दिनमै नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच डेढ घण्टा कुराकानी भएको छ । तर, निश्कर्षविहीन ।

प्रधानमन्त्री स्थायी कमिटी बैठक बोलाउन आज पनि इच्छुक देखिनुभएको छैन । बरु,नीति तथा कार्यक्रम र बजेटअघि एउटा सामान्य भेला बोलाउने, अनि बजेटपछि बाकी कुरा गर्दै गरौंला भन्ने मुडमा हुनुहुन्छ  । त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत हुने सन्दर्भमा पार्टीका सबै सांसदलाई एकमत हुन आग्रह गर्दै बालुवाटारमा बनेको एउटा चिठी सबै का नाममा पठाइएको छ ।

बिहीबार धुम्बाराहीमा भेला भएका असन्तुष्ट स्थायी कमिटी सदस्यहरुले नीति तथा कार्यक्रम असफल पारेर भए पनि सरकारलाई सत्ताच्युत गर्न सकिने उपाय निकालेपछि प्रत्येक सांसदको नाममा चिठी बनेको हो । तर, प्रचण्ड–ओलीबीचको डेढ घन्टे भेटमा मिलाउने कुरा भएन ।
उता,वरिष्ठ नेता माधव नेपालसँग प्रधानमन्त्रीले सोझै कुरा गर्नुभएको छैन ।

जेठ २ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । १५ गते बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम पारित हुनुपर्छ । त्यसअघि नै प्रधानमन्त्रीले कुनै उपायले झमेला मिलाउने आकलन छ,प्रचण्डको बाध्यता कस्तो भने ४५ मध्ये बहुमत स्थायी समिति सदस्यको मागबमोजिम बैठक बोलाऊँ,प्रधानमन्त्री पक्षधर १४ भाइले बहिस्कार गरिदिए भने पार्टी फुटाउन खोजेको आरोप लाग्ने डर !

टिप्पणीहरू