सचेतककै जिम्मेवारी सोत्तर

सचेतककै जिम्मेवारी सोत्तर

ह्विप लगाइने जिम्मेवारी भएकैले सचेतकलाई ह्विप भनिएको हो, अब जम्मैको जिम्मा प्रधानमन्त्रीले तानेपछि अरुले गर्ने के ?

नीति तथा कार्यक्रम र बजेट पेश हुने संसदको यो अधिवेशनपूर्व नै सँसदीय परम्पराबिपरितका घटना भएका छन् । जसअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रबार आफ्नो दलका सांसदहरुको नाममा  चिठी लेख्नुभएको छ ।

संसदीय अभ्यासमा प्रधानमन्त्री निश्चित राजनीतिक दलमा संसदीय दलको नेता हुनसक्छ,जसरी प्रधानमन्त्री पनि हुनुहुन्छ । तर, त्यो व्यक्ति प्रधानमन्त्री भइसकेपछि साझा हुन्छ । भूमिका, अभिव्यक्ति र कार्यशैली– सबै साझा हुनुपर्छ भन्ने मान्यता राखिन्छ । तर, अधिवेशनपूर्व नै उहाँले आफ्ना पार्टीका सांसदलाई चिठी पठाउनुभयो, सहयोगका लागि अपिल गर्नुभयो ।

संसदमा कुनै पनि राजनीतिक दलले ह्वीप लगाउने भनेको प्रमुख सचेतकमार्फत हो । ह्विप लगाइने जिम्मेवारी भएकैले सचेतकलाई ह्विप भनिएको हो, अब जम्मैको जिम्मा प्रधानमन्त्रीले तानेपछि अरुले गर्ने के ? आफू मातहत भएकै सतर्कता केन्द्रले प्रभावकारी काम देखाउन नसकिरहेको बेला प्रम कार्यालयमा तानिएका राष्ट्रिय अनुसन्धान, सम्पत्ति शुध्दिकरण,राजश्व अनुसन्धान बिभाग प्रधानमन्त्रीको समय नपाएर टुहुरा भएजस्तै नेकपाभित्र चलिरहेको अन्तरविरोधमा प्रमुख सचेतक देव गुरुङ प्रधानमन्त्रीको पक्षमा छैनन् । सचेतक शान्ता चौधरीचाहिँ उहाँकै पक्षमा छिन् । तर, प्रमुख सचेतक अर्को पक्षमा छन् भन्दैमा प्रधानमन्त्रीले सीधै चिठी लेख्न मिल्ने पनि होइन  ।

अर्कातिर, अधिवेशन बोलाइएलगत्तै गर्नुपर्ने काम पनि होइन यो । यदि गर्नु नै छ भने पनि छलफल भएर मतदान हुने स्थितिमा हो, त्यो पनि प्रमुख सचेतक वा सचेतकमार्फत ।

त्यसो त अहिलेको संसदीय अभ्यास विगतको भन्दा परिष्कृत छ । उच्च लोकतान्त्रिक अभ्यास हुने भनिएको मुलुक बेलायतमा पनि आजकल ह्वीप लगाउने गरिँदैन ।

टिप्पणीहरू