आत्तिँदै अस्पताल, मुस्कुराउँदै डिस्चार्ज

आत्तिँदै अस्पताल, मुस्कुराउँदै डिस्चार्ज

मुस्लिम समुदायमा जमातीको काम नै हो– संसार डुलेर आफनो धर्मको प्रचार गर्नु । बिनामारकाट धर्मलाई संसारभर फैलाउनु ।

यसैले भारत उत्तरप्रदेश राज्यका १२ जमाती २५ मंसिरमा रेलमार्गबाट जोगबनी हुँदै विराटनगर आइपुगे । प्रहरीलाई दिएको बयानअनुसार उनीहरु ३४ दिन विराटनगर महानगरपालिका १७, रानी मटेर्वास्थित मर्कजमा बसेका थिए । त्यसपछि उनीहरु ४ जना नेपालीलाई सँगै लिएर विराटनगर तीनटोलिया, सुनसरीको दुहबी, भँवरी , इनरुवा हुँदै सप्तरी पुगेर फागुन ५, २०७६ सम्म जमातमा सहभागी भए । त्यसपछि फत्तेपुरको बाटो उदयपुर पुगेर चैत १ देखि त्रियुगा नगरपालिका ३, भुल्केस्थित नूरी मस्जिदमा बस्न थाले । एकाएक लकडाउन भयो । उनीहरु मन्दिरमै फसे ।

लकडाउनपछि गाउँ ठाउँमा नयाँ मान्छेहरुको खोजीनीति सुरु भयो । गाउँलेहरुबाट मस्जिदमा नयाँ मान्छे छन् भन्ने खबर प्रशासनमा पुग्यो ।
प्रहरी प्रशासनले मस्जिदमा सर्च गरेर १२ जना भारतीय र ४ जना विराटनगरका नयाँ जमाती बस्दै आएको पायो । शंकास्पद ठानेर उनीहरुको स्वाब जाँच भयो । जसमा ११ जनाको पोजेटिभ आयो । यसैले प्रशासनले वैशाख ५ मा उनीहरुलाई प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको कोभिड १९ अस्पतालमा उपचारकालागि राती पठायो । ११ जना राती भर्ना नै भर्ना भए । बाँकीलाई मोरङको टाँडी स्थित क्वारेन्टाइमा पठाइयो । क्वारेन्टाइमा बसे उनिहरुमा पनि कोरोना पोजेटिभ देखियो । उनीहरु पनि उपचारकालागि भर्ना भए । विस्तारै उदयपुरको भुल्केलाई इपी सेन्टर ठानेर सरकारले परीक्षण् तीब्र बनायो । नभन्दै संक्रमितहरु बढदै गए । र उदयपुरका मात्र संक्रमितहरु २८ जना पुगे । सबैको उपचार विराटनगरमै सुरु भयो ।

जव प्रशासनले कोरोना भएको पृष्टि गरयो तब जमातीहरु तीन छक्क परे ‘या अल्लाह १‘ हामीलाई कोरोना संक्रमण भयो चाँही कसरी रु उनीहरुले सोच्न थाले । शंका लाग्यो कतै सप्तरीको बोदेबर्साइनमा आयोजना भएको जमातमै सरेको त थिएन रु , तर हैन त्यो बेला कोरोना स।क्रमण नै सुरु भएको थिएन । त्यसो भए वाटोमा फत्तेपुरतिर कसै सरयो अहं त्यो पन िहैन । त्यसो भए पक्कै नुरी मस्दिमै सरयो । तर मस्जिदमा त जम्मा १६ जना मात्रै बसोवास गर्थे । अनि कसरी सरयो कोरोना , उनीहरुलाई छक्क लाग्यो । देशभरि चर्चा भयो उदयपुरमा समुदाय स्तरमा कस्ले फैलायो कोरोना जमातीले कि बिदेशबाट आएका स्थानियले रु , किनकी बिदेशबाट आएका एक जना स्थानियमा पनि कोरोनो पोजेटिभ पाइएको थियो । धेरैले जमातीहरुले नै कोरोना फैलाएको शंका गरे । तर जमातीहरु शंसकित थिए , त्यसो भए सुनसरी , मोरङ र ललितपुरमा बस्दै आएका जमातीहरुमा किन कोरोना संक्रमित भएन त ?

प्रशासनको आदेश अनुसार ५ बैसाखमा उनीहरु उपचारकालागि अस्पतालमा भर्ना भए । उनीहरुलाई ला अब आफनो घर पनि फर्कन नपाई मरिने त हैन भनेर त्रास लाग्न थाल्यो । तर उनिहरुले हिम्मत हारेनन । आत्मविश्वास दह्रो बनाए । उनीहरुले अस्पतालमै कुरान मगाए । र दिनहु नमाज पढन थाले । रमजानमा ब्रत बसे । नियमति व्यायम गरे । अहं उनीहरुको कोरोनाको कुनै लक्ष्ण देखिएन । अस्पतालले तीन तीन पटक स्वाभ परीक्षण गरयो । तर कुनै लक्षण नभेटेपछि बुधबार २४ बैसाखमा २० दिनपछि उपचार गराइरहेका ६ जनालाई डिस्र्चाज गरयो । अब उनीहरु विराटनर रानी स्स्थित मस्जिदमा पुन क्वारेन्टाइमा बस्नेछन । र , त्यहाँ थप लक्षण देखिएन भने उनीहरु पुर्ण स्वस्य हुनेछन ।

लकडाउनखुलेसँगै आफनो घर फर्केनेछन । २४ बैसाखमा पहिलो पटक डिस्र्चाज हुनेहरुमा ३० वर्षीय अनुस जैदी, २८ वर्षीय मोहम्मद जावेद, २९ वर्षीय मोहम्मद अजिज, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् ।
यस्तै २६ बैसाख विहान अस्पतालमा उपचार गराइरहका थप ८ जना निको भएर डिस्चार्ज भए । उनीहरु पनि मरिएलाकी भन्ने त्रासलिँदै अस्पताल भर्ना भएका थिए तर निको भएपछि फुलसँगै मुस्कुराउदै अस्पतालबाट बाहिरिए । दोस्रो पटक डिस्चार्जहुनेहरुमा एक महिला सहित ७ जना नेपाली र एक जना भारतीय थिए । उनीहरु सबै उदयपुरको भूल्के स्थित नूरी मस्जिद र आसपासमै संक्रमित भएका थिए । निको हुने नेपालीहरुमा २ जना विराटनगरका र ५ जना भुल्केका थिए । एक जना भारतीय चाँही उत्तरप्रदेश भारतका जमाती हुन । सबैलाई प्रदेश सरकारले आर्युबेद औषधी गुर्जो र चिराइतो लगायतका औषधी दिएर पुष्पगुच्छा सहित बिदाई गरेको थियो ।

जमातीहरुलाई बुधबार विहान अस्पतालबाट क्वारेन्टाइमा पठाउनु अगाडी प्रदेश सरकारका समाजिक बिकास मन्त्री जीवन घिमिरले फुलगुच्दछा दिएर बिदाई गरे । अस्पतालमा चिकित्सक स्वाथ्यकर्मी र प्रशासन सबैको व्यहार राम्रो रहेको र आफुहरुलाई कुनै कठिनाई नभएको खानपान पनि स्वस्थ्यबर्धक रहेको उनीहरुले सुनाए । उनीहरुले आफुहरुलाई समयमै उपचारमा ल्याएर जिवन बचाइदिएको भन्दै सरकार र उपचारमा संलग्न चिकित्सकलाई धन्याबाद दिए । मरिन्छकी भन्ने त्रासले डराउदै अस्पतालमा उपचारकालागि भर्ना भएका उनीहरु

निको भएर मुस्कुराउदै डिस्र्चाज भए । अस्पतालबाट क्वारेन्टाइन जानुभन्दा अगाडी डिस्र्चाज हुने मध्येका अगुवा ३४ वर्षीय मोहम्मद अजिरवानले भने , ‘आत्मविश्वास भयो भने कोरोना सहजै जित्न सकिने रहेछ यसैले सबैथोक खाएपनि हरेस चाँही कहिले खानुहुदोरहेनछ ।, कोशी अस्पतालकी सुरिटेन्डेन डा ं संगीता मीश्राका अनुसार अझै अस्पतालमा प्रदेश नं १ अन्तर्गतका भोजपुरका १ झापाका २ र १४ जना उदयपुरका संक्रमित अझै उपचाररत छन । तर उनीहरु कसैमा पनि कोरोनाको सिकिस्त लक्षण देखिएको छैन ।

टिप्पणीहरू