बिहे नहुने भएर बर्बाद

बिहे नहुने भएर बर्बाद

कोरोना महामारीको कारण भारतमा आगामी नोभेम्बरसम्म बिहे नहुने भएको छ । पछिल्लो डेढ महिनादेखि त्यहाँपनि लकडाउन जारी छ । हिन्दु परम्पराबमोजिम विवाह गर्न भारतीयहरूबीच लगन हेर्ने र जुराउने चलन छ । त्यहि लगनको आडमा भारतमा दशौं लाख पार्टी प्यालेस, होटलले भोजको आयोजना गर्थे । दशौं लाख पुष्प व्यवसायीले फूल माला सजावटको काम गर्थे । तर, लकडाउनको कारण अहिले त्यत्ति नै संख्यामा  रंगीन बत्तिको काम गर्ने डेकोरेटर, कुक, वेटर पनि घरमै थुनिएका छन् ।

विवाहको लगन भएका मार्च, अप्रिल र मे महिनामा लकडाउन गरिएकाले जुन महिनासम्मको बुकिंग पनि रद्द गर्न थालिएको छ । त्यसपछि नोभेम्बरसम्म विवाहको लगन नभएकाले बिहे गर्ने र भोज गराउने सबैले डिसेम्बर महिनासम्म कुर्नुपर्ने भएको छ । ऋण लिएर व्यवसाय सञ्चालन गरेका पार्टी प्यालेसलगायतका व्यवसायीहरू लकडाउनले आफूहरूलाई सडकमा पुर्याउने बताउन थालेका छन् ।

टिप्पणीहरू