गाउँले कुटेर वडाध्यक्ष फरार, ८ जना घाइते

गाउँले कुटेर वडाध्यक्ष फरार, ८ जना घाइते

विश्व कोरोना महामारीसंग लडिरहेको छ । यता, रुकुमको एक वडामा भने वडा प्रमुखको नेतृत्वमा गाउले बिच मारामार चलेको छ । शनिबार रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–३, स्यालाखदीमा तलिगाउ र माथिगाउका सर्वसाधारण बिच पानीको मुहान भवन निर्माणको विषयमा झडप भयो । झडपले राजनीतिक रुप लिदा उक्त वडाका वडाध्यक्ष केशरमान बिकसमेतको समूहले स्थानीय गोपाल बोहरालाई आक्रमण गरेपछि प्रहरीले अवस्था नियन्त्रण गर्न सक्ने अवस्था आएन, झडपमा परि ८ जना घाइते भएका छन भने घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको छ ।

आठविसकोट नगर अस्पतालका अनुसार, गम्भीर घाइते हुनेमा स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेद्धार उठेका ४६ वर्षीय गोपाल बोहरा सहित २८ वर्षीय गणेश बोहरा र २९ वर्षीय मदन भण्डारी रहेका छन ।

गम्भिर घाईतेहरुलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । उनिहरुलाई आज बिहान पाँच बजे नगर अस्पतालमा पु¥याइएको थियो भने ९ बजे रिफर गरिएको हो ।

यस्तै २८ वर्षीया सुत्केरी दिल कुमारी यरी थापा, ६१ वर्षीय अनन्त बुढा, ६० वर्षीय अमृत बोहरा र ४६ वर्षीय मोहन बोहरा सामान्य घाइते भएका छन । यी घाइतेहरु तलिगाऊँका नागरिकहरु हुन । यस्तै माथिगाऊँका शशिराम बुढा पनि समान्य घाइते भएका छन । केही सामान्य घाइतेहरुको आठविसकोट नगर अस्पतालमा उपचार भैरहेको छ ।

वडाध्यक्ष विक तत्कालीन नेकपा माओवादीबाट वडाध्यक्षमा विजयी भएका थिए भने बोहरा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार थिए ।

वडाध्यक्ष विकको समूहले माथीगाउबाट ढुंगामुडा प्रहार गर्न थालेपछि थोरै प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको थिएन । स्यालाखदीको प्रहरी चौकीमा ६ जना मात्र प्रहरी रहेका छन् । आईतवार थप प्रहरी पठाएर स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म प्रहरीले कुटपिटमा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । प्रहरी भन्छ, वडाअध्यक्षको समूह फरार रहेको छ, खोजी भैरहेको छ । कुटपिट गर्नेलाई पक्राउ गरेमा प्रहरीमाथि नै आइलाग्ने स्थिति भएकोले प्रहरीले जोगाईराखेको घाइते तलिगाउ समुहको दाबी छ ।
सुन्तला पकेट क्षेत्रका लागी सिँचाई गर्ने पानी र आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको विषयलाई लिएर झडप भएको बताईएको छ ।

माथिल्लो गाउँका नागरिकहरुले आफुहरु माथी आक्रमन गरेको तल्लो गाउलेले बताएका छन । वडा अध्यक्ष विक लगाएत माथिल्लो गाऊँका नागरिकहरुले आफ्नो घरमै आएर कुटपिट गरेको उनिहरुको आरोप छ । माथिल्लो गाउको समुहले भने पहिला तल्लो गाउलेले आक्रमण गरेको दाबी गरेको छ ।

यता नेपाली कांग्रेस रुकुम पश्चिमले घटनाप्रति दुःख व्यक्त गरेको छ । सामान्य विवादलाई राजनीतिक इगोको विषय बनाइ वडाध्यक्ष विकको समूहले हिंसात्मक गतिविधि गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए । ‘सहमति र सहकार्यमा टुंग्याउनु पर्ने विषय थियो,’ उनले भने, ‘समाजको अभिभावक व्यक्ति वडाध्यक्ष आफैँ द्वन्द्वात्मक शैलीबाट प्रस्तुत हुन गैरराजनीतिक क्रियाकलाप हो ।’ उनले वडाध्यक्ष विकसहित कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्नु पर्ने बताए ।

सामान्य विबादमा झडप भएको भएपनि दूई समूहविच राजनितिक विषयलाई लिएर ठुलो समस्या उत्पन्न भएको भनाई छ । यी दुई समूह विच पटक पटक विबाद हुँदै आएको छ ।

टिप्पणीहरू