संसदमा महरा

संसदमा महरा 

फौजदारी अभियोगबाट सफाई पाएर नियमित जीवनमा फर्किनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा अहिले कहाँ हुनुहुन्छ ?

जनआस्थाले उहाँलाई आज दिउँसो फेला पार्यो र सोध्यो खबर । ‘म संसद गइरहेको छु । पूर्वसभामुख बस्ने अलग्गै दीर्घा छ । त्यहाँ सुवास नेम्बाङ,ओनसरी घर्ती पनि बस्नुहुन्छ । म त्यहीँ बस्छु’, महराले भन्नुभयो ।

आज आइतबार संसदमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक प्रकरणमा दिनुभएको प्रेस वक्तव्य र त्यसउपर उठेका प्रश्नदेखि अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकता पेश गरेको उहाँले सुनाउनु भयो । तर, आफ्नो प्रस्तुति र प्रश्न अहिले नराख्ने भन्नुभयो ।

टिप्पणीहरू