पेट्रोल पम्पको काउण्टर फोडेर लाखौँ चोरी

पेट्रोल पम्पको काउण्टर फोडेर लाखौँ चोरी

उदयपुरमा पेट्रोल पम्पको काउण्टर फोडेर लाखौँ चोरी भएको छ । त्रियुगा नगरपालिक ३ स्थित ऊर्जा पेट्रोल पम्पको काउण्टर फोडेर पाँच लाख ६१ हजार रुपैयाँ चोरी भएको हो ।

चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जसमा स्थानीय ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिष सिलवाल हुन् ।

पेट्रोल पम्पका सञ्चालकले उनीहरुले पाँच लाख ६१ हजार चोरेर भागेको आरोप लगाएका छन् । तर, प्रहरीले ती युवकको साथबाट ५० हजार ७ सय रुपैयाँ मात्र बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले आरोपी दुई जनालाई हिजो नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू