श्रीलंकामा इन्धन हारालुछ

श्रीलंकामा इन्धन हारालुछ

श्रीलंकाका केही स्थानमा सीमित इन्धन र ग्यास वितरण गरिएको छ । चरम आर्थिक सङ्कटका कारण सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला केही स्थानमा इन्धन वितरण हुन थालेको हो ।

हिजो राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेशनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरुमा बताइएको छ । लाइनमा हजारौं थकित मानिसहरूको भीड देखिन्थ्यो । महिनौँदेखि इन्धन,खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत अनुभूत गरेका छन् ।

सङ्कटका कारण क्रुद्ध बनेका सर्वसाधारणले यसै साता राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका थिए । योसँगै राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा दिने घोषणा पनि गरेका छन् ।

टिप्पणीहरू