नक्कली सुन देखाएर युवा ठगी धन्दामा
नक्कली सुन देखाएर ठगीधन्दामा सक्रिय दुई जनालाई प्रहरीले पक्रेको छ । पोखरा महानगरपालिका ८, न्युरोडस्थित एक होटलमा दुई वटा नक्कली सुनको बाला देखाएर सक्कली भन्दै ठगी गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखरा बस्ने चितवन माडी नगरपालिका ८, बसन्तपुरका ३५ वर्षीय धर्मेन्द्र खाती र स्याङ्जा अर्जुन चौपारी गाउँपालिका ४, रापाकोट घर भएका ४० वर्षीय डिलबहादुर बिक हुन् ।
उनीहरुले गत शुक्रबार दिउँसो पोखराको एउटा होटलमा नक्कली सुनका बालालाई सक्कली भन्दै बेचविखन गर्न खोजेका थिए । तर, उनीहरुले त्यो बाला बेच्न नपाउँदै ठगी गरेको पुष्टी भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाको आधारमा उनीहरुलाई जिल्लाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध आपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू