राजधानीमा पटकासहित एक करोडको अवैध सामान फेला

राजधानीमा पटकासहित एक करोडको अवैध सामान फेला

काठमाडौँको चाबहिलबाट प्रहरीले एक करोड रुपैयाँ बराबरको अवैध सामान र त्यसका मालिक छबिलाल अगस्तीलाई पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गोदाममा छापा मार्दा पटकासहित अवैध सामान भेटिएको हो ।

ती सबै सामान भन्सार छलेर ल्याइएको बताइएको छ । बरामद सामानमा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका रहेको अनुसन्धानमा खटिएको प्रहरी टोलीको भनाइ छ ।

पर्सा घर भएका ४० वर्षीय अगस्तीले कपनमा कोठा भाडामा लिएर गोदाम सञ्चालन गर्ने गरेको स्रोतले बतायो ।

गोदाममा पटकासमेत भेटिएकाले उनीविरुद्ध विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा मुद्दा अघि बढाउन खोजिएको हो । बरामद सामान राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

टिप्पणीहरू