भारत जान लागेका पुरुषको साथमा लाखौंको यार्सागुम्बा
सशस्त्र प्रहरी बलेले नेपाल भारत सीमाबाट यार्सागुम्बासहित एक युवकलाई पक्रेको छ । बर्दियाको गुलरिया नगरपालिका ११ घर भएका ३१ वर्षीय कमाल अहमद खाँलाई गएराति प्रहरीले यार्सागुम्बासहित पक्रेको हो ।
शंकास्पद रुपमा भारत जान लागेका खाँलाई एक किलो चार सय ग्राम यार्सागुम्बासहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनको साथमा टेपले बेरिएको पाँच पोका यार्सागुम्बा भेटिएको हो । उक्त यार्सागुम्बाको बजार मूल्य ३९ लाख २० बजार रुपैयाँ पर्छ । खाँलाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।
टिप्पणीहरू