राहदानी छिटो बनाइदिने बहानामा जिल्ला जिल्लामा ठगी

राहदानी छिटो बनाइदिने बहानामा जिल्ला जिल्लामा ठगी

सर्वसाधारणलाई राहदानी छिटो बनाइदिने बहानामा ठग्ने क्रम बढेको छ । त्यस्तो प्रलोभनमा रकम लिई ठगी गरेको आरोपमा प्रहरीले एउटा गिरोहलाई वीरगञ्जमा पक्रेको हो ।

पक्राउ परेकामा वीरगञ्ज नगरपालिका ९ का २६ वर्षीय सद्दाम हुसेन, २४ वर्षका चन्दन यादव, ३० वर्षीय प्रदिप साह, वडा नम्बर २४ का २२ वर्षीय संजित गुप्ता र वडा नम्बर १० का ३८ वर्षका फैयाज आलम हुन् ।

पक्राउ परेका सद्दाम हुसेनले जिल्ला प्रशासन कार्यालय अगाडिको फ्रेस फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन् । उनले छ दिनभित्र राहदानी मगाइदिने आश्वासनमा धोवनी गाउँपालिकाका २१ वर्षीय सागिर आलमसँग कुल दुई हजार पाँच सय लिएका थिए ।

आलम छैटौं दिनमा राहदानी लिन जाँदा सद्दामले पुनः दुई हजार पाँच सय मागेपछि उनले प्रहरीलाई खबर गरेका हुन् ।

आलमले दिएको उजुरीको आधारमा हुसेनसँगै अन्य चार जनाको सलंग्नता देखेपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू