दिदीको घर हिँडेकी किशोरी बीच बाटोमै बलात्कृत
बर्दियामा १६ वर्षीय किशोरी बलात्कृत भएकी छन् । बढैयाताल गाउँपालिका–५, स्थित दिदीको घर गइरहेकी किशोरी अस्ति बाटैमा बलात्कृत भएकी हुन् । किशोरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–८ का ३० वर्षीय राजेश मंगता र २० वर्षीय रोहन खटिक हुन् । पीडित भनिएकी किशोरीको घर बाँके हो । हिजो बिहान किशोरीले जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्य सुवेदीका अनुसार अस्ति दिदीको घर जाँदै गर्दा किशोरीलाई घरसम्म पुर्याइदिने भन्दै बीच बाटोमा बलात्कार गरिएको हो ।
टिप्पणीहरू