पूर्वपत्नीको शरिरमा आगो झोस्नेलाई फाँसी

पूर्वपत्नीको शरिरमा आगो झोस्नेलाई फाँसी

टिकटक लाइभ स्ट्रिमको क्रममा पूर्वपत्नीको शरिरमा आगो झोसेर हत्या गरेको अभियोगका दोषी एक चिनियाँलाई मृत्युदण्ड दिइएको छ । अदालतको आदेशले लु नामका ति चिनियाँलाई हिजो दक्षिणपश्चिम सिचुआन प्रान्तमा फाँसी दिइएको हो ।

उनले गरेको अपराध निकै दर्दनाक भएकाले मृत्युदण्डको सजाय दिइएको न्गावा तिब्बती र छियाङ स्वायत्त प्रिफेक्चर मध्यवर्ती जनअदालतले जनाएको छ । लुले पूर्वपत्नीको क्रुर तवरले हत्या गरेको पुष्टी भएसँगै अदालतले सन् २०२१ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

लु र उनकी श्रीमती लामु ११ वर्षसँगै बसेका थिए । पछि उनीहरुबीचको सम्बन्धनमा खटपट शुरु भयो । त्यसपछि उनीहरु सन् २०२० को जुन महिनामा छुट्टिएका हुन् । दुवैले टिकटकको चिनियाँ संस्करण डोउयिनमा प्रभावकारी रूपमा काम गरेका थिए ।

टिप्पणीहरू