गंगादेवका इञ्जिनियरमाथि लाखौँ घुस लिएको आरोप
रोल्पाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगीविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । इञ्जिनियर डाँगीसँग चार लाख छ हजार पाँच सय रुपैयाँ बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अदालतमा मुद्दा दायर गरेको हो ।
गत असार २४ गते मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो ।
सोही क्रममा अनुसन्धान गर्दा डाँगीको साथबाट थप तीन लाख ५६ हजार पाँच सय रुपैयाँ भेटिएको हो । उनले उक्त रकमको स्रोत खुलाउने सप्रमाण पेश गर्न नसकेपछि अख्तियारले मुद्दा दायर गरेको हो ।
टिप्पणीहरू