लागुऔषधसहित छुट्टाछुट्टै पाँच जना समातिए
हेटौंडामा लागूऔषधसहित चार जना समातिएका छन् । उनीहरुलाई १३ बोतल ओनेरेक्ससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौंडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ, ४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, १३ की २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ र १२ घर भइ हाल हेटौंडा–११ मा भाडाको कोठामा बस्ने २५ वर्षीया इशा घलान हुन् ।
उनीहरुलाई अदालतमा पेश गरि १८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि हिजै हेटौंडामा एक सय ४८ बोतल ओनेरेक्ससहित अर्का एक युवक पक्राउ परेका थिए । हेटौंडा उपमहानगरपालिका १२, सोल्टी चोकबाट २४ वर्षीय गोरे भाई भन्ने अमित लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनको कोठामा छापामारेको थियो । सोही क्रममा प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा एक सय एमएलको एक सय ४८ बोतल ओनेरेक्स फेला परेको हो ।
टिप्पणीहरू