बर्थडे केकमा नशालु पदार्थ मिसावट, एकछिनपछि भारतीयद्वारा लुटपाट
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा ‘बर्थ डे केक’ मा नशालु पदार्थ खुवाएर लुटपाट गर्ने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय सन्तोष पाण्डेको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुई जना भारतीयले पाण्डेको घरका पाँच जनालाई आफ्नो जन्मदिन भन्दै बोलाएर केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए । केक खाएपछि परिवारका सबै जना बेहोस भए र लगत्तै उनीहरू गरगहना, मोबाइल सेट, ल्यापटपलगायत सामग्री लुटेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहकाअनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरू सन्नी भनिने सेरा जाट र साहिल शर्मा हुन् । उनीहरू २०७८ माघदेखि पाण्डेको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
अभियुक्तलाई पक्राउ गरी हिजो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उपस्थित गराइएको छ ।
टिप्पणीहरू