जनकपुरमा नाईट्रोभेटसहित युवक समातिए
धनुषामा पाँच सय भन्दा बढी नाईट्रोभेटसहित युवक समातिएका छन् । जनकपुर उपमहानगरपालिका-५ देवानपोखरीबाट मोटरसाइकलमा नाईट्रोभेट बोकेर ल्याएका उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
मिथिला नगरपालिका-६ तारापट्टी बस्ने २७ वर्षीय प्रविण यादवलाई लागूऔषध ल्याएको शंकामा प्रहरीले चेकजाँच गरेको थियो । सोही क्रममा उनको साथमा नाईट्रोभेट ट्यावलेट पाँच सय २५ पिस र नगद १२ सय ५५ रुपैयाँ फेला परेको हो ।
उनलाई लागूऔषध मुद्दामा पाँच दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
टिप्पणीहरू