मासु काट्ने अचानोले हिर्काउँदा श्रीमान् ठहरै
चितवनमा श्रीमतीले अचानोले हिर्काउँदा श्रीमान् बितेका छन् । घरायसी विवाद हुँदै गर्दा श्रीमतीले मासु काट्ने गरिएको अचानो उचालेर श्रीमान्को टाउकोमा हानेकी थिइन् ।
भरतपुर महानगरपालिका २१ को पार्वतीपुरमा ५४ वर्षीया विनमाया विकले ५६ वर्षे श्रीमान टिकाराम विकमाथि अचानो प्रहार गरेकी हुन् । प्रहारपछि श्रीमान ठाउँमै ढलेका थिए ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार घरायसी विवादमा श्रीमानको ज्यान गएको बुझिएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइन्छ ।
टिप्पणीहरू