पोखराका युवकले बानेश्वरमा चोरेको मोटरसाइकल पकनाजोलमा भेटियो
मोटरसाइकल चोरेको आरोपमा एक युवक समातिएका छन् । मोटरसाइकल चोरलाई काठमाडौँको पकनाजोलबाट हिजो बेलुकी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
कास्कीको पोखरा महानगरपालिका–२० घर भएका २४ वर्षका अमर सुनार बालाजुमा बस्दै आएका थिए । उनको चढ्दै गरेको प्रदेश–२–०२० प ३९६८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बागमती प्रदेश–०२–०१५ प ८२१८ नम्बरको मोटरसाइकल चोरेपछि नम्बर प्लेट परिवर्तन गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मोटरसाइकल बैशाख २६ गते बानेश्वरबाट हराएको थियो ।
पक्राउ परेका सुनारलाई थप कारवाहीको निम्ति प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको छ ।
टिप्पणीहरू