युरोप छिर्ने लोभले रुस नआउनु : नेपाली दूतावास

युरोप छिर्ने लोभले रुस नआउनु : नेपाली दूतावास

रुसको राजधानी मस्कोस्थित नेपाली राजदूतावासले रुसबाट सहिजै युरोप जान सकिने प्रलोभनमा रुस नआउन नेपाली विद्यार्थीहरुलाई आग्रह गरेको छ । राजदूतावासले विभिन्न प्रलोभनमा शैक्षिक परामर्श केन्द्रहरुमार्फत रुस पुगेका नेपाली विद्यार्थीहरु अलपत्र परेको उदाहरण दिँदै उक्त आग्रह गरेको बताइन्छ ।

‘स्टुडेन्ट भीसा’ मा रुस जाने विद्यार्थीलाई आकर्षक रोजगारीको प्रलोभनमा ल्याउने र सोअनुसारको अवसर नपाएपछि उनीहरुको दैनिकी चलाउनसमेत कष्टकर रहेका धेरै वटा उदाहरण पाइएको छ । ठूलो रकम बुझाएर रुस पुगेकामध्ये केही विद्यार्थी सम्पर्कविहीन भएका र केही ठूलो मानसिक तनावमा रहेको राजदूतावासले जनाएको छ ।

रुसी विश्वविद्यालयमा छात्रवृत्ति र नितान्त अध्ययनका लागि मात्र गएका विद्यार्थीहरुलाई राम्रो अवसर रहेको उल्लेख गर्दै दूतावासले अध्ययनबाहेक अन्य कुनै पनि प्रकारको प्रलोभनमा नफस्न आग्रह गरेको छ । साथै,भाषिक ज्ञानको अभाव र स्थानीय वस्तुस्थिति नबुझी विभिन्न आश्वासनमा त्यहाँ पुगेका विद्यार्थी अलपत्र परेको बताइएको छ ।

टिप्पणीहरू