राष्ट्रपतिलाई लेखिएको ज्ञापनपत्र, ललितपुर जिल्ला प्रशासनमा

राष्ट्रपतिलाई लेखिएको ज्ञापनपत्र, ललितपुर जिल्ला प्रशासनमा

नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेखिएको ज्ञापनपत्र ललितपुरको सिडिओ कार्यालयमा दर्ता भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरिएको भन्दै संघले आज ललितपुर जिल्ला प्रशासन कार्यालयमा शीतल निवास पठाइदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको छ ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य अनिल खनाललगायतको टोलीले जिल्ला प्रशासन कार्यलयका सहायक सिडिओ हरिप्रसाद पन्तलाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको बताइएको छ ।यसैगरी नेपाल तरुण दल जिल्ला समिति, युवा संघ नेपाल जिल्ला समिति र वाईसीएल जिल्ला समितिले पनि राष्ट्रपतिसमक्ष बुझाउन संयुक्त ज्ञापनपत्र तयार गरेका छन् । उनीहरुले उक्त ज्ञापनपत्र आजै तयार पारेका हुन् ।

टिप्पणीहरू