एकै दिन मन्त्री र मेयर शताब्दी पुरुषको घरमा

एकै दिन मन्त्री र मेयर शताब्दी पुरुषको घरमा

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग एकै दिन मन्त्री र मेयरले भेटघाट गरेका छन् । जोशीको निवास ललितपुरमा पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिजो शताब्दी पुरुष जोशीलाई भेट्नुभएको हो ।

बिहान ललितपुरको बखुम्बहालस्थित निवासमा पुगेर मन्त्री श्रेष्ठले जोशीसँग कुराकानी गर्दै स्वास्थ्यलाभको कामना गर्नुभएको हो । जोशीको हेरचाहका निम्ति आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्काल आवश्यक प्रबन्ध मिलाउने बचन मन्त्रीले दिनुभएको बताइएको छ ।

हिजै मेयर साहले पनि जोशीसँग भेटघाट गरेर उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

टिप्पणीहरू