डा. केसी : अनसन बस्दै, अनसन तोड्दै

डा. केसी : अनसन बस्दै, अनसन तोड्दै

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै २० औं पटक अनसन बसेका डा. गोविन्द केसीले हिजो राति फेरि अनसन तोडेका छन् । यस पटक धनगढी पुगेर अनसन बसेका उनले स्वास्थ्यमा खराबी देखिएपछि गत सातादेखि काठमाडौंको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचार गराउँदै आएका थिए ।

हिजो दिउँसो सिंहदरबारमा सरकार र उनका प्रतिनिधिहरुबीचको वार्तामा अनसन तोड्ने सहमति भएको थियो । त्यसपछि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट जुस पिएर २०औं संस्करणको अनसन तोडेका हुन् ।

टिप्पणीहरू