यताकाहरु दशैं खर्च उठाउन मस्त, उताकाहरु चरेस समात्नमा व्यस्त

यताकाहरु दशैं खर्च उठाउन मस्त, उताकाहरु चरेस समात्नमा व्यस्त

कपिलवस्तुको कृष्णनगर नाका प्रयोग गरी भारततर्फ लैजाँदै गरिएको चरेस भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ । अस्ति बेलुकीको समयमा एसएसबीले चार किलो चरेससहित दुई जना नेपालीलाई पक्राउ गरेको हो ।

भारतीय सुरक्षाकर्मीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताएको छ । कृष्णनगर नाकाबाट दैनिक चरेसको ओसारपसार बढेको देखिन थालेको भारतीय पक्षको आरोप छ । असोज १ गते सशस्त्र प्रहरी बल कृष्णनगर बिओपीले झण्डै चार किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेपछि नेपाल प्रहरीलाई थप अनुसन्धानको जिम्मा दिइएको थियो । सो क्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरले २ किलो ७ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको थियो ।

अहिले तिनै प्रहरी दशैं खर्च उठाउनमा व्यस्त भएको स्थानीयको आरोप छ । एसएसबीले चरेससहित पक्राउ गरेका दुई जनामध्ये एक जना नेपाली कृष्णनगर नगरपालिका १०,सौनहवाका ५८ वर्षका रामनरायण कहार हुन् ।

त्यसैगरी अर्का एक जना भारतको उन्नावका ४८ वर्षीय दौलत खेडा हुन् । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको भारतीय स्रोतले बतायो । सीमा नजिकै भारतको बढनीमा चार किलोग्राम चरेस पक्राउ परे पनि नेपालतर्फका सुरक्षा निकाय आजसम्म अनभिज्ञ देखिएका छन् ।

टिप्पणीहरू