पर्यटनमन्त्री श्रेष्ठ क्यानाडा प्रस्थान

पर्यटनमन्त्री श्रेष्ठ क्यानाडा प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानाडा जानुभएको छ । मन्ट्रियल सहरमा भोलिदेखि हुने महासभामा एक सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरुले भाग लिँदै छन् ।

सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षाको क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताइएको छ । साथै उहाँले हवाई सम्पर्क विस्तार, विमानस्थलको स्तरोन्नती एवम् नयाँ विमानस्थल निर्माणलगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धीबारे पनि महासभालाई जानकारी गराउने कार्यक्रम छ ।

महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकासलगायत विषयमा छलफल हुने बताइएको छ । असोज २१ गतेसम्म हुने सम्मेलनमा उड्डयन नीति, रणनीति तथा सो क्षेत्रका समस्या समाधानबारे छलफल हुने जानकारी दिइएको छ ।

टिप्पणीहरू