शताब्दी पुरुषको स्वास्थ्यमा सुधार,डेँगु संक्रमणको उपचार

शताब्दी पुरुषको स्वास्थ्यमा सुधार,डेँगु संक्रमणको उपचार

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । ललितपुरको किष्ट अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार भएको अस्पतालका चिकित्सिकहरुले जनाएका छन् ।

डेंगु संक्रमणका कारण चार दिनअघि किष्ट अस्पतालमा भर्ना गरिएको थियो । यसबीच उहाँको स्वास्थ्यलाभको कामना गर्दै राजनीतिक दलका नेता,स्थानीय तहका जनप्रतिनिधि र शुभेच्छुकहरु निवास र अस्पताल पुगेका छन् ।

उहाँको उमेर १०२ वर्ष पुगेको छ । जोशीलाई नेपाली भाषा,कला र संस्कृतिको ज्युँदो इतिहास मानिन्छ ।

टिप्पणीहरू