भोलिदेखि चुनावको आचारसंहिता लाग्ने

भोलिदेखि चुनावको आचारसंहिता लाग्ने

निर्वाचन आयोगले भोलिदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले आचारसंहिता लागू गर्नेबारे निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । उहाँले आचारसंहिता पालनामा सबै पक्षको सहयोग हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ थपलियाले उल्लेख गर्नुभयो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता यसअघि नै प्रकाशित भइसकेको छ ।

टिप्पणीहरू