प्रचार भेलामा एमाले युवालाई सम्झाउँदै पत्रकार र प्राध्यापक

प्रचार भेलामा एमाले युवालाई सम्झाउँदै पत्रकार र प्राध्यापक

चुनावको प्रचारमा कसरी जाने ? के भन्ने र कसरी प्रस्तुत हुने ? यसबारे प्रशिक्षण दिन एमालेसम्बद्ध युवा संघले गत हप्ता प्रज्ञाभवनमा ‘केन्द्रीय प्रचार भेला’ को आयोजना गर्यो  । र, साइबर सर्कललाई व्यापक रुपमा परिचालन गर्ने निश्कर्षमा पुग्यो ।

वरिष्ठ पत्रकार तथा पत्रकारिताका अध्यापक डा.कुन्दन अर्याललाई वक्ताका रुपमा बोलाइएको थियो । उनले भने, ‘मिडिया परिचालन गर्ने मान्छे आक्रमण गर्ने भन्दा पनि सामाजिकीकरण गर्ने हुनुपर्छ । आफ्नो कुरा बताइरहनुपर्छ ।’ प्रज्ञा भवनमा करिव सात सय युवा भेला भएका थिए । त्यहाँ कुन्दनले भने, ‘सजिलो काम अर्कालाई गाली गर्ने हो । गाह्रो काम आफ्नो कुराबाट अरुलाई कन्भिन्स गर्ने हो । लेखाईबाट त्यस्तो काम गर्न सकिन्छ । त्यो लेखाईमा आधारित भएर छलफलमा जानुस् ।’ कुन्दनले पनि सामाजिक सञ्जालबाट प्रचार गर्ने कुरालाई प्राथमिकतामा राखेर जानुपर्ने सुझाव दिए । कार्यक्रममा वकिल रमेश बडालले अहिले राष्ट्रपतिमाथि चौतर्फी आक्रमण भएको हुँदा उहाँलाई डिफेन्स गरेर जानुपर्ने बताए ।

टिप्पणीहरू