दशैंमा पनि निर्वाचन आयोग व्यस्त, आज व्यवस्थापन तालिम
आगामी मंसिर ४ गतेको चुनावको निति आजबाट निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रम शुरु भएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारीसहितको व्यवस्थापन प्रशिक्षण राखेको हो ।
‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ सञ्चालनको लागि मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि प्रारम्भ गरियो,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
निर्वाचनका लागि आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिने उनले जानकारी दिए ।
‘असोज १५ देखि २० गतेसम्म १६५ वटै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्,’ थपलियाले भने ।
टिप्पणीहरू