बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृशोक

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृशोक

धादिङ- बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

पाण्डेका आमा मनमाया पान्डेको ८७ वर्षको उमेरमा बिहान निधन भएको हो । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे, ज्ञानेन्द्र पान्डे , उपेन्द्र पान्डे र दिपेन्द्र पान्डेसहित पाण्डेका पाँच दाजुभाइ छन् ।

कान्छो छोरा दिपेन्द्रसंग काठमाडौस्थित सितापाइलामा बस्दै आएकी थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्यस्टी गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्री र नेता पाण्डेले आफ्ना राजनीतिक कार्यक्रम सबै स्थगित गरेका छन् ।

टिप्पणीहरू