युपीका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादव रहेनन्

युपीका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादव रहेनन्

भारतको उत्तर प्रदेश (युपी)का पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादवको निधन भएको छ । समाजवादी पार्टीले ट्वीटमार्फत आफ्ना संस्थापक नेताको ८२ वर्षको उमेरमा आज गुरुग्रामको मेदान्ता अस्पतालमा मृत्यु भएको बताएको हो ।

उनको पिसाव संक्रमण र उच्च रक्तचापको समस्याका कारण निधन भएको बताइएको छ । सन् १९६७ मा उत्तर प्रदेशको जसवंतनगर विधानसभाबाट पहिलो पटक चुनाव जितेका मुलायम सिंह यादव सन् १९८९ मा उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

यसपछि सन् १९९३ मा दोस्रो पटक मुख्यमन्त्री बनेका उनलाई यही अक्टोबर २ देखि मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारत उनको आज निधन भएको हो ।

टिप्पणीहरू