अमेरिकामा बन्दुक हमला,प्रहरी अधिकृतसहित ५ को मृत्यु

अमेरिकामा बन्दुक हमला,प्रहरी अधिकृतसहित ५ को मृत्यु

अमेरिकामा स्थानीय समयअनुसार बिहीबार साँझ भएको बन्दुक आक्रमणमा पाँच जनाको ज्यान गएको छ । उत्तरी क्यारोलाइनामा भएको गोली हानाहानमा प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको बताइएको छ ।

त्यहाँको राजधानी रालेहमा भएको गोलीकाण्डमा पाँच जनाको ज्यान गएको मेयरले जनाएका छन् । मेयर मेरी–एन बाल्डविनले सो क्षेत्रको लोकप्रिय ट्रेल न्युज नदी ग्रीनवे नजिकै दुःखद् घटना भएको बताइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । शंकास्पदलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।

फोटो स्रोत : न्युज अब्जर्भर

टिप्पणीहरू