यसरी भयो काभ्रेपलाञ्चोकको मूलखर्क भीमसेनको उत्पत्ति
काभ्रेपलाञ्चोकको मूलखर्क भीमसेनको उत्पत्तिबारे विभिन्न किंवदन्ती सुनिन्छ । कोशिपारी क्षेत्रको भुम्लु गाउँपालिकामा रहेको सापिङ मूलखर्क भीमसेन मन्दिरमा सत्ययुगदेखि पूजापाठ हुने गरेको बताइन्छ ।
यसको उत्पत्तिबारे २०६२ सालदेखि उक्त मन्दिरको पुजारी रहनुभएका पदम पन्थको आफ्नै खालको भनाइ छ । परापूर्वकालमा सो क्षेत्रमा मानिस हिँडडुल गर्नको निम्ति सामान्य खालको सडक पनि नभएको अवस्थामा मन्दिर प्रख्यात हुनुले यसको महत्व झल्काएको पुजारी पन्थ बताउनुहुन्छ ।
धेरै पछिसम्म पनि भोटबाट भेंडा च्याँग्रा काठमाडांै लैजान भुम्लुको चौबास सापिङ हुँदै दोलालघाट पुग्नुपथ्र्यो । एकदिन दशैंताका मानिस भेडा च्याँग्रा लाने क्रममा सापिङको मूलखर्क भन्ने ठाउँमै बास बसे । त्यो बेलामा बजार पसल हुँदैनथ्यो । मकैको पिठो, गुन्द्रुक र पकाउने भाँडा आफैंले बोकेर हिँड्नु पथ्र्यो ।
उनीहरु काठमाडौँ जाने क्रममा मूलखर्कमा रात परेपछि बास बसेको पन्थको ऐतिहासिक बुझाइ छ । साँझ ढिँडो पकाउन ढुङ्गाको तीन चुम्का लगाएर ताप्के राखेर पानी बसाले । तर तीन बहानसम्म पानी बसाल्दा पनि ताप्केको पानी घोप्टेको पौराणिक मान्यता छ ।
त्यसपछी रिसले चुर भएर ती भान्छेले पटुकामा भिरेको खुकुरी निकालेर ती चुलो बनाएको ढुङ्गामा हाने । त्यसपछि ढुङ्गामा चोट लागरे रगत बगेको कथन वयोवृद्धहरुले अझै पनि सुनाउने गरेका छन् । त्यही खुकुरीको चोट अहिले पनि भीमसेनको शिलामा देख्न सकिने पन्थ बताउनुहुन्छ । ढुंगाबाट रगत निस्केको देखेपछि हतारमा उनले आफ्नो पटुका फुकाली रगत थुनिदिएका थिए । त्यसो गर्दा नगर्दै खुकुरी हान्ने मानिसको आँखा बन्द भएको कथन छ ।
आँखा बन्द भएपछि उनको कानमा ‘म भीमसेन हुँ, तर मलाई खुकुरीले हानिस्’ भन्ने आवाज पुगेको बताइन्छ । तर केही बेरपछि ब्युँझिँदा सामुन्ने केही नभएको उनैले देखे तर, आफूले ल्याएको भेँडा च्याँग्रा सबै बेपत्ता भए । उनलाई निन्द्रा लाग्न लागेको बेलामा फेरि कानमा अर्को आवाज गुञ्जियो, ‘म भीमसेन हुँ । मलाइ पञ्चबलि दिएको अवस्थामा सबै उस्तै हुन्छ ।’उक्त वचन सुनेपछि भान्छेले राँगो, बोको, हाँस, परेवा र कुखुराको बलि दिने भाकल गरेरेपछि आँखा खुलेको किंवदन्ती छ । गाउँमा पुगेर ती पाँचनको बलि दिएपछि बन्द भएको आँखा खुलेका कारण भीमसेन रहेको विश्वास र सत्यको आधारमा पूजाआजा गर्न थालिएको मान्यता यद्यपि छ ।
उक्त रहस्य सुनेपछि भुम्लुको तमाङ समुदायका मानिस आएर उक्त ढुंगालाई आफ्नो गाउँमा राख्न प्रयास गरेको अर्को धार्मिक मान्यता पनि छ । उनीहरुले ढुंगा उचाल्दा कसैले पनि नसकेपछि गाउँलेलाई खबर गरे । गाउँका सयौं मिलेर ढुंगो उठाउन खोज्दा नसकेपछि ‘लौ भीमसेन तपाईं यहिँ बस्नुस्’ भनेर सबैले पूजापाठ गर्न थालेको बताइन्छ ।
पुजारी पन्तको जन्म २००१ सालमा भएको हो । २००१ सालमा त्यहाँ मन्दिर रहेको र आफू जन्मनु अघिसम्म पनि आफ्ना बुबा आमाले मानिआएको उहाँको भनाइ छ । पाँच भीमसेनमध्ये दोलाखाको जेठो, भुम्लु सापिङ मूलखर्कको माइलो, गौरतिको साहिँलो र अरु काठमाडौंमा रहेको विश्वास गरिन्छ ।
पुजारी पन्थले २०६२ सालदेखि भीमसेन थानको मन्दिरमा पूजाआजा गर्दै आउनुभएको छ । पछिल्ला दिनमा टाढाका भक्तजनहरु पनि पुग्ने गरेका छन् । आफ्नो भाकल पूरा हुने भएकाले दर्शनार्थीको घुईंचो लाग्न थालेको हो । दशैंको नौरथादेखि दैनिक पूजा र पूmलपातिका दिन ठूलो जात्रा लाग्ने गरेको छ ।
ठूलो एकादशीमा पनि जात्रा लाग्ने मूलर्खक भीमसेन मन्दिर पछिल्लो दिनमा काभ्रे र कोशिपारी क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ ।
टिप्पणीहरू