बिआरआईमा समेटियो १० परियोजना
नेपाल र चीनबीच बेइजिङमा हस्ताक्षर भएको ‘बिआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालका १० प्रस्तावित परियोजना समेटिएका छन् । नेपालले प्रस्ताव गरेका एक दर्जनमध्ये १० वटा परियोजना परेको छ ।
काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हल र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजनालाई बिआरआईमा समेटिएको छ । तर, काठमाडौं–हेटौंडा पोडवे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति यस पटक परेनन् ।
बिआरआईले समेटेका अन्य परियोजना टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग,जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन,मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम र दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क हुन् ।
टिप्पणीहरू